पटनाबाट इन्डो नेपाल मनसुन कार ¥यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पाेखरा | असार २४, २०८२

पटनाबाट इन्डो नेपाल मनसुन कार ¥यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा: भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।
    

पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
    

बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो ।
    

पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका अनुसार भारतीय पर्यटकको टोलीले पोखरा आसपासका पर्यटकीय गन्तव्य क्षेत्रको भ्रमण गरेको थियो ।
    

उक्त टोलीले बञ्जी, जीपलाइन, स्वीङ लगायतका गतिबिधिका साथै पोखरामा अफरोड कार ड्राइभ सहित ग्यारजाती, मेथलाङ, सेदी लगायतका स्थान पुग्दै त्यसको रोमाञ्चक अनुभव लिएको उहाँले जानकारी दिनुुभयो ।
    

पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाल लगायत संघसंस्थाले सहयोग गरेका थिए । 
    

पटनाबाट बीरगंज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार ¥यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ साहीले बताउनुभयो । पछिल्लो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पनि यात्रा सहज भएको उहाँको अनुभव छ । अध्यक्ष साही सहित क्लबका सचिव निलमणि कुमार, कोषाध्यक्ष एवम् कार ¥याली संयोजक सुमिता साही, उपाध्यक्ष एस के सिंह लगायत सहभागी हुनुहुन्थ्यो ।    
    

नेपालको पर्यटन प्रवद्धनमा कार ¥याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । बोर्डले यहाँको पर्यटकीय आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उहाँको भनाइ छ । 
    

भारतीय पर्यटकको कार ¥याली जस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
    

पोखरा सबै मौषमका लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्धत पु¥याउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताउनुभयो । 

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्